इतिहास मेटाउने प्रयास, देशकै पहिलो संसद भवन भत्काउन संसदीय समितिको निर्देशन

 अर्थ बुलेटिन संवाददाता   २९ पौष, २०७६



काठमाडौँ । संसदीय समितिबाट सिंहदरबारस्थित पुरातात्विक नेपालको पहिलो संसद भवन भत्काउन सरकारका नाममा निर्देशन आएको छ । विकास तथा प्रविधि समितिको मंगलबार बसेको बैठकले ऐतिहासिक भवन भत्काएर सिंहदरबारभित्र विदेशी पाहुना बस्नका लागि ‘स्टेट गेस्ट हाउस’ बनाउन सरकारलाई निर्देशन दिएको हो ।

उक्त भवन भूकम्पबाट क्षतिग्रस्त बनेको थियो तर त्यसलाई मर्मत गर्नुको सट्टा नयाँ भवन पुरानै स्वरूपमा बनाउन पनि समितिले सरकारलाई भनेको छ । समिति सभापति कल्याणी खड्काले सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई उक्त निर्देशन दिएकी हुन । ‘पुरानो संसद भवन भत्काउनु र अन्य स्थानमा निर्माण हुने नयाँ संरचना पुरानै स्वरुपमा बनाउनू, सभापति खड्काले दिएको निर्देशनमा लेखिएको छ ।

समिति बैठकमा सांसदहरूले भवनलाई भत्काउने कि रेट्रोफिटिङ गर्ने कि नयाँ बनाउने भनेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरी शर्मा र सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई जिज्ञासा राखेका थिए । सरकार उक्त भवन भत्काएर के बनाउने भन्नेमा निर्णयमा पुगिनसकेको सचिवहरूको भनाइ थियो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation