देवघाटमा प्रहरीको गाडी दुर्घटना, एकको मृत्यु, २९ घाइते

 अर्थ बुलेटिन संवाददाता   १ माघ, २०७६



  भरतपुर ।  तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् ।

चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि आएको पोखरा गणको बा १ ग २११८ नम्बरको टुटन गाडी फर्कने क्रममा चितवनको दासढुङगा पुलपारि घुम्तीमा दुर्घटनामा परेको हो । घाइतेहरुको अहिले पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

गाडीमा ३४ प्रहरी सवार रहेको उहाँले बताउनुभयो । दुर्घटनामा अन्य केही प्रहरी गम्भीर घाइते भएको स्थानीयवासी पञ्चबहादुर गुरुङले जानकारी दिनुभयो ।     



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation