अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय

 अर्थ बुलेटिन संवाददाता   ५ माघ, २०७६



काठमाडौं ।  सत्तारुढ नेकपाले सभामुखको उम्मेदवारको नाम टुंगो लगाएको छ । आइतबार साँझ बसेको  सचिवालय बैठकले पार्टी नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नेता सापकोटालाई सभामुखको उम्मेवार बनाउने निर्णय गरेको महासचिव विषणु पौडेलले जानकारी गराए ।

पौडेलले भने, ‘सभामुख पदका लागि दलका तर्फबाट धेरै आकांक्षीहरू हुनुहुन्थ्यो। त्यसमध्ये सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय सर्वसहमतिका साथ गरिएको छ ।’ तत्कालिन सभामुख कृष्णबहादुर महरा बलात्कार काण्डमा फसेपछि विगत लामो समयदेखि सभामुखको पद रिक्त रहदैँ आएको छ ।

सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाका अध्यक्षद्वयबीच विवाद हुँदै आएको थियो । यसअघि आज बिहान नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच अग्नी सापकोटाको नाममा सहमति जुटेको थियो ।

साँझ बसेको सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गरेको हो । सभमुखकको नाम अनुमोदन भएसँगै  अब उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने बाटो खुलेको छ । उनले नेकपाले सभामुख उम्मेदवार तय गरेपछि मात्र उपसभामुख पदबाट राजीनामा दिने बताउँदै आएकी थिइन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation