पर्यटनमन्त्री भट्टराई Vs वायुसेवा निगम कार्यकारी अध्यक्ष खरेलः ‘खरेल आउट’

 अर्थ बुलेटिन संवाददाता   ५ माघ, २०७६



काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पर्यटनमन्त्री योगेश भट्टराईको दबाब खेप्न नसकेर पदबाट राजीनामा दिएका छन् ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार खरेलले आइतबार दिउँसो खरेलले पदबाट राजीनामा दिएका हुन् । 

खरेललाई सरकारले २०७५ साल भदौ ३१ गते  नेपाल वायुसेवा निगम सञ्चालक समितिको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।

खरेलले यसअघि पनि नेपाल एयरलाइन्सको महाप्रबन्धक पदबाट राजीनामा दिएर बाहिरिएका थिए । तर, सञ्चालक  बोर्ड सदस्य हुँदै उनी फेरि कार्यकारी पदमा नियुक्त भएका  थिए । 

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको कार्यशैली अति सुस्त थियो । उनले अघि सारेका कार्ययोजनाले कुनै पनि परिणामुखी नतिजा दिन नसक्दा खरेलको कार्यसम्पादनप्रति पछिल्लो समय पर्यटनमन्त्री योगेश भट्टराई असन्तुष्ट थिए ।

खरेललाई बोलाएर स्पष्टीकरण केही दिन अघि सोधिएको र चित्तबुझ्दो जवाफ नआएको भन्दै विदा लिन खरेललाई मन्त्रीबाटै दबाब रहेको थियो ।  निगमको अध्यक्षमा पर्यटन सचिव र महाप्रबन्धकमा निगमभित्रकै योग्य, क्षमतावान कर्मचारीलाई नियुक्त गर्ने सोच मन्त्री भट्टराईले राखेका छन् । 

खरेलकै कारण नेपाल भ्रमण वर्षलाई सफल पार्न निगमको भूमिका महत्वपूर्ण हुने भए पनि निगमका अन्तर्राष्ट्रिय उडान प्रायः खाली उड्ने गरेको भन्दै मन्त्री असन्तुष्ट थिए । जापानबाट प्रशस्त पर्यटक भित्राउन सकिए पनि ओशाकामा निगमले बजार विस्तार गर्न नसक्दा मासिक एक करोडभन्दा बढी घाटा व्यहोरिरहेको छ ।

निगममा कुशल व्यवस्थापक आउने हो भने निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा नेपाल भ्रमण वर्षका लागि व्यापार विस्तार गर्न सकिने आशा मन्त्री भट्टराईले गर्दै आएका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation