अग्नी सापकोटाको उम्मेदवारीले नेकपामा समीकरण फेरिएको संकेत

    ६ माघ, २०७६



काठमाडौं । सभामुखमा अग्नी सापकोटाको उम्मेदवारीले नेकपामा समीकरण फेरिएको संकेत गरेको  छ । डेढ वर्षयता पार्टी एकतादेखि मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा अन्य नेताले आक्कलझुक्कल विरोध गरे पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भनेकै लाइनमा निर्णय हुँदै आएका थिए ।

यसपटक पनि सभामुख पद रिक्त भएपछि ओलीले आफूले चाहकै व्यक्ति ल्याउने कोसिस गरे । त्यसका लागि उनले आफ्नो विश्वासपात्र पूर्वसभामुख सुवास नेम्वाङलाई अघि सारेको कान्तिपुरमा समाचार छ  ।

तर झण्डै एक महिनाको रसाकस्सीपछि आइतबार प्रधानमन्त्री तथा अध्यक्ष ओली अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयमा सहमत भए । यो निर्णयको सन्देश के हो ? नेकपाका एक उच्च नेताले भने, ‘पार्टीमा अब ओलीले भनेको मात्र चल्दैन ।’ पार्टी भित्रको समीकरणमा अप्ठेरोमा परेपछि ओली पूर्वमाओवादी पक्षले अघि सारेको नाममा सहमत हुन बाध्य भएका हुन् ।

पूर्वएमाले पक्षकै वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल तथा प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले अर्का अध्यक्षलाई साथ दिए । गौतम निवास भैसेपाटीमा पुस २३ गते सचिवालयका नौमध्ये पाँच जना नेताहरुले छुट्टै भेला गरेका थिए ।

भैसेपाटी गठबन्धन सभामुख चयनका सन्दर्भमा टसमस नहुने अवस्था बनेपछि आइतबार ओली पार्टीभित्रको मनोविज्ञान सम्बोधन गर्ने निश्कर्षमा पुगे । र, सचिवालय बैठकबाट सपाकोटालाई सभामुख बनाउने निर्णय भयो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation