हिङ्कुखोलाको हिमपहिरोमा हराएका ४ कोरियालीको खोजीमा उद्धार टोली

    ६ माघ, २०७६



काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ को हिमालय र देउरालीको बीचमा पर्ने हिङ्कुखोलामा गएको हिमपहिरोमा हराएका ४ कोरियाली र ३ नेपाली पर्यटकको सिम्रिक एयरको हेलिकप्टरले आइतबार उद्धार टोलीसहित खोजी गरेको छ । रेक्को डिभाइसले हराइरहेकाहरुको मेटल सिग्नल पाएको उद्धार टोली कोअर्डिनेटर सुरज पौडेलले जानकारी दिए ।

टोलीले आइतबार दिउँसो ३ बजेदेखि हिमपहिरो गएको हिङ्कु खेलामा मानिसको सिग्नल पाएको उनले जानकारी दिएको अन्नपूर्ण पोष्टमा खबर छ  । रेक्को हराएको मानिस खोज्ने विशेष यन्त्र हो । स्विट्जरल्याण्डमा तालिम लिएका सिम्रिक एयरका पाइलट थापासहित टोलीले दिउँसो ३ बजेदेखि ५ बजेसम्म खोजी गरेको थियो ।

हिङ्कु खोला क्षेत्रमा ठूलो हिमपहिरो रहेको उनले बताए । मौसमका कारण जमिनबाट खोजी गर्न सकिएको छैन । आइतबार दिउँसो १२ बजेदेखि पुनः हिउँ परेकाले खोजीकार्य अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए ।

ठूलो हिम पहिलो गएको र पहिलो गएको ठाउँ साँघुरो र जोखिमयुक्त भएकाले जमिनबाट खोजी गर्न कठिन भएको ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष हरि भुजेलले बताए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation