मकवानपुरको रिसोर्टमा अचेत भेटिएका ८ भारतीयकाे ज्यान गयाे

 अर्थ बुलेटिन संवाददाता   ७ माघ, २०७६



हेटाैँडा – मकवानपुरको एभरेस्ट पानारोमा रिसोर्टमा बसेका आठ जना भारतीय पर्यटकको ज्यान गएको छ । मकवानपुरको थाहा नगरपालिका ४ काे सिमभञ्ज्याङमा रहेको रिसोर्टमा बसेका उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।

अचेत अवस्थामा भेटिएका सात जनालाई उपचारका लागि काठमाण्डाे लगिएकोमा अस्पतालले उनीहरुलाई पनि मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठोरले जानकारी दिनुभयो । एक जनाको रिसोर्टमै ज्यान गएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो । दुई वटा कोठा लिएर बसेका उनीहरुलाई आज बिहान बेहोस अवस्थामा फेला पारिएको थियो । उनीहरु भारतको केरला प्रदेशका नागरिक रहेको प्रहरीले जनाएको छ ।ज्यान गुमाउनेहरुमा भारत केरला राज्यका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय ईन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीय सरिया, पाँच वर्षीय अभि, सात वर्षीया अर्चना, पाँच वर्षीय वैशनव र नौ वर्षीय वन्द्र रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation