दीपक मनाङेद्वारा एन्फा कास्कीका अध्यक्षमाथि मुक्का प्रहार

 अर्थ बुलेटिन संवाददाता   ७ माघ, २०७६



पोखरा । गण्डकी प्रदेश सांसद  राजिब गुरुङ ‘दीपक मनाङे’ले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्षमाथि हातपात गरेका छन् ।  मंगलबार ‘मनाङे’ले एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेका हुन् । 

पोखराको लेखनाथस्थित भण्डारढिकमा आजदेखि शुरु  मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनपूर्व मनाङेले अध्यक्ष गुरुङलाई  कुटपिट गरेका हुन् । प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा रहेका  गुरुङ मनाङ्गेबाट कुटिएका हुन् ।

कुटिएका गुरुङले भने,  ‘पहिलेदेखि किचकिच गर्दै थिए, मैले नमिल्ने कुरा नगर्नु भन्दा एक्कासी हात हाले।’ मनाङेले मुक्का र लात्ती हानेको उनको आरोप छ ।   प्रतियोगितामा मनाङबाट ल्याएको टिमलाई ५ दिन अघिदेखिको होटल खर्च दिनुपर्ने भन्दै सांसद मनाङेले मागेको उनको भनाइ छ ।

खर्च दिन नसक्ने बताएपछि आफूलाई हातपात गरेको उनको भनाई छ । ‘आज खेल ओपनिङ गर्नुथियो, मैले केही गरिनँ, उनले भने, भोलि प्रहरीमा उजुरी दिन्छु।’

प्रतियोगितामा मनाङबाट डाँफे युवा क्लबले सहभागिता जनाएको छ । हातपातबारे बुझ्दा मनाङेले ‘ठूलो’ कुरा गरेकाले आफूले सम्झाएको बताए। उता मनाङेले पनि कुटपिट गरेको स्वीकारेका छन् । उनले मनाङबाट खेलाडी आएको धेरै भइके पनि खेल्ने ठाँउ र खर्च नदिएपछि कुटेको बताए । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation