देउवा र पौडेलको उपस्थितिमा कांग्रेसमा सहमतिको प्रयास

    ८ माघ, २०७६



काठमाडौं ।  नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्न बुधबार शीर्ष नेताबीच छलफल हुने भएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार दिउँसो ३ बजे नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितका नेताबीच छलफल हुन लागेको हो।

उपसभापति विमलेन्द्र निधिसहित पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौलाबीच सोमबार भएको छलफलअनुसार देउवा र पौडेलसमेतको उपस्थितिमा सहमतिको प्रयासमा नेताहरू जुट्न लागेका हुन्।

दोस्रो तहका नेताले पार्टीको १४औं महाधिवेशनको मिति कार्य राखेर तल्लो तहका अधिवेनका कार्यतालिका संशोधन गर्ने समझदारी गरेका छन्।

तर, त्यसलाई शीर्ष नेताकै सहभागितामा अन्तिम निर्णय दिने र त्यो बैठक सभापतिले बोलाउने उनीहरूबीच समझदारी बनेको थियो। २०७७ फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने सार्वजनिक गरेको छ। तल्लो तहको अधिवेशनको कार्यतालिका कति र कहिलेका लागि सार्ने टुंगो लाग्न बाँकी छ।

तीन नेताहरूबीच पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल गठनका विषयमा पनि छलफल भएको छ। पूर्व समझदारी अनुसार पौडेल पक्षले संघमा ४० प्रतिशत र तरुण दलमा ३५ प्रतिशत पाउनुपर्ने अडान दोहो¥याएको छ।तर, पुरानो वा नयाँ विधानअनुसार कार्यसमिति गठनमा असन्तुष्ट पक्ष लचिलो देखिएको छ।

पार्टीको विभाग थपका विषयमा नेताहरूबीच यसअघि नै समझदारीमा पुगेको जनाउँदै असन्तुष्ट पक्षको माग अनुसार केन्द्रीय समितिको पुस ११ गतेको बैठकले निलम्बन गरीएका विधानका धाराहरू फुकुवा गर्न पनि संस्थापन पक्ष लचिलो देखिएको छ।

असन्तुष्ट पक्ष पनि महाधिवेशन हुने एक वर्ष पहिला नै स्थानीय तहको अधिवेशन गर्नुपर्ने विधानको व्यवस्था निलम्बन गर्न भने सकारात्मक देखिएको छ। आफ्नो पक्षको सहभागिता बिनामहाधिवेशनको कार्यतालिका सार्वजनीक गरीएको भन्दै असन्तुट पक्षले त्यसलाई संशोधन गर्नुपर्ने जनाउँदै आएको छ। नागरिक दैनिकले खबर छापेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation