समितिलाई नै अटेर गर्दै समस्याग्रस्त सहकारी

    ५ फागुन, २०७६



काठमाडौं । बचतकर्ताको रकम हिनानिमना गरी समस्यामा परेका समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न गठन भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई नै सहकारीका सञ्चालकले अटेर गर्दै अएका छन् । समितिले ओरिएन्टल को–अपरेटिभका सुधीर बस्नेत समितिले बोलाउँदा एकपटक पनि उपस्थित नभएको जनाएको छ ।

समस्याग्रस्त १२ वटा सहकारीमध्ये केहीले राजनीतिक आडमा समितिलाई अटेर गर्दै आएका छन् । छलफलका लागि बोलाउँदा पनि सञ्चालकहरूको दादागिरी चल्ने गरेको समितिको गुनासो छ । जसका कारण समिति गठन भएको दुई वर्ष हुँदा पनि अहिलेसम्म एउटा पनि सहकारीको समस्या हल भएको छैन । बचतकर्ताले पनि आफ्नो बचत फिर्ता पाउन सकेका छैनन् ।

समितिमा सहकारीबाट समस्यामा परेकाको दैनिक भीड लाग्छ तर समिति गठन भएको दुई वर्षसम्म पनि पीडितले राहत पाउन सकेका छैनन् । सहकारी विभागले समस्याग्रस्त सहकारीको पहिचान गरी विवरण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउँछ । मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरी निर्णय भएपछि समस्याग्रस्त सहकारी मानिन्छ ।

उक्त सहकारीबारे सहजकर्ता तथा व्यवस्थापनको काम समितिले गर्छ । हालसम्म १२ वटा सहकारी समस्याग्रस्त सहकारीको सूचीमा छन् । तर यी सहकारीले के कति रकम हिनामिना गरेका छन् ? र कति बचतकर्ताको बचत जोखिममा रहेको छ भन्ने तथ्याङ्क समितिसँगै छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा  छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation