लकडाउन’लाई सिर्जनात्मक, रचनात्मक र उत्पादनमुलक बनाउनुस:राष्ट्रपति

 अर्थ बुलेटिन संवाददाता   १२ चैत, २०७६



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लकडाउनको अवधिमा घरमै बस्नु परेको अवस्थालाई सिर्जनात्मक, रचनात्मक र उत्पादनमुलक बनाउन सुझाव दिएकी छिन् ।

बुधबार कोरोना भाइरस (कोभिड १९) बाट उत्पन्न विश्वप्यापी महामारी रोकथामको सन्दर्भमा राष्ट्रपति भण्डारीले  ‘लकडाउन’को बेला देश बनाउने विषयमा चिन्तन मनन गर्न आह्वान गरेकी  हुन् । 

यस समयलाई सबैले मुलुकको अर्थतन्त्रलाई स्वावलम्बी र आत्मनिर्भर बनाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन, अनुसन्धान र चिन्ततन मनन गर्ने काममा सदुपयोग गर्न सक्छन् भन्ने आफूलाई लागेको राष्ट्रपतिको भनाइ छ ।

उनले वर्तमान संवेदनशील अवस्थालाई मध्यनगर गर्दै सरकारले जारी गरेका निर्देशनलाई पालना गर्न पनि अनुरोध गरेकी छिन् । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation