इजरायलमा नेपाली राजदूत शाक्यलाई सम्मान

 अर्थबुलेटिन संवाददाता   ११ जेठ, २०७७



काठमाडौँ । इजरायलको ७२औँं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित हुनुभएको छ । 

विश्वका ९० देशका दूतावास रहेको इजरायलमा ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ डा शाक्यलाई दिइएको हो । उहाँ यो सम्मानबाट सम्मानिन हुने एशियाली मुलुककै पहिलो राजदूत हुनुहुन्छ । राजदूत शाक्यले यो सम्मानलाई आफूले नेपाल र नेपालीप्रतिको सम्मानका रूपमा लिएको भन्दै यसले नेपाल र नेपालीको शिर उच्च बनाएको बताउनुभयो । 

विसं २०७५ फागुन ३ गते राजदूत नियुक्त शाक्यले कार्यभार सम्हालेको यो अवधिमा नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन काम गर्दै आउनुभएको छ । कार्यक्रममा ‘द एम्बेसडर क्लब अफ इजरायल’ का अध्यक्ष इट्जाख इल्देनले यस्तो प्रतिकूल अवस्थामा पनि सबै देशका राजदूत कार्यक्रममा सहभागी हुनु भएकामा धन्यवाद दिनुभएको थियो । 

केही दिनअघि मात्रै राजदूत शाक्यको पहलमा नेपाल–इजरायल चेम्बर अफ कमर्श र इजरायल चेम्बर अफ कमर्शबीच दुई देशबीच व्यापार–व्यवसाय आदान–प्रदान गर्नेसम्बन्धी सम्झौता भएको थियो । सो सम्झौतामा व्यापार, लगानी, उद्योग, कृषि, पर्यटन, प्रविधि, यातायात, पूर्वाधार विकास, ऊर्जा आदि क्षेत्रमा व्यापार–व्यवसाय गर्ने गरी सम्झौता भएको थियो ।    
    
 शाक्यले राजदूतको पदभार लिनुअघिसम्म जोर्डन र इजरायलको बीच तथा प्यालेस्टाइन क्षेत्रमा अवस्थित मृतसागरसँगै रहेको कालिया समुद्री तटमा ‘वल्र्ड हाइलाइट’ भनेर लेखिएको होडिङबोर्डमा सगरमाथा चीनमा रहेको गलत सूचना राखिएको थियो । पछि शाक्यको पहलमा त्यसलाई सच्याइएको थियो । फेरिएको होडिङबोर्डमा विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्ने उल्लेख छ र झण्डा नेपालको राखिएको छ ।     



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप खबर

नेपालले आज त्रिकोणात्मक टी-२० आई सिरिजमा हङकङसँग खेल्दै

नेपालले आज त्रिकोणात्मक टी-२० आई सिरिजमा हङकङसँग खेल्दै


यस्तो रहनेछ आज दिनभरको मौसम

यस्तो रहनेछ आज दिनभरको मौसम


जापानलाई हराउँदै चारदेशीय महिला टी-२० सिरिजमा नेपाल तेस्रो

जापानलाई हराउँदै चारदेशीय महिला टी-२० सिरिजमा नेपाल तेस्रो

प्रधानमन्त्री र सिपिसि तिब्बतका सचिव छुङछेङबिच भेटबार्ता

प्रधानमन्त्री र सिपिसि तिब्बतका सचिव छुङछेङबिच भेटबार्ता


प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने

प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने


सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई बिमान पोखरामा अबतरण

सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई बिमान पोखरामा अबतरण


एनजी मार्केटको पर्व लक्षित ‘लक्की ड्र’ योजना, ५ हजारमा कुपन एक हजार जनालाई उपहार

एनजी मार्केटको पर्व लक्षित ‘लक्की ड्र’ योजना, ५ हजारमा कुपन एक हजार जनालाई उपहार


तिहारको मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित

तिहारको मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित


प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation