कोरोना भाइरसका कारण विश्वभर साढे तीन लाख बढीको मृत्यु

 अर्थबुलेटिन संवाददाता   १४ जेठ, २०७७



काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या साढे तीन लाख नाघेको छ । चीनको वुहानमा करिब पाँच महिनाअघि   देखिएको कोरोना भाइरसबाट अहिलेसम्म तीन लाख ५१ हजार ६ सय भन्दा धेरैले ज्यान गुमाएका हुन् ।

वर्ल्डओमिटरका अनुसार  विश्वका २ सय १३ वटा देशमा फैलिएको कोरोनाबाट ५६ लाख ७८ हजार भन्दै धेरैमा सङ्क्रमण भएको छ ।

सङ्क्रमितमध्ये २४ लाख २६ हजार भन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९४ हजार भन्दा धेरै मानिसमा सङ्क्रमण भएको छ भने चार हजार भन्दा धेरैको ज्यान गएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation