प्रधानमन्त्री रोजगार कार्यक्रममा बजेट बढाइँदै

    १५ जेठ, २०७७



काठमाडौं । आगामी बजेटले रोजगारी वृद्धि गर्ने भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने देखिएको छ । उक्त कार्यक्रमको बजेटसमेत बढाइँदै छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम, आफ्नो कार्यक्रम आफैँ बनाऊँ, राष्ट्रपति महिला उत्थानलगायत कार्यक्रममार्फत रोजगारी सिर्जना गराउने गरी बजेट विनियोजन गरिएको स्रोतको दाबी छ ।

श्रममूलक उद्योग तथा निर्माणमा थप पुँजी परिचालन गर्न निजी क्षेत्रमा आन्तरिक र प्रत्यक्ष बाह्य लगानीलाई प्रोत्साहित गर्न बजेट विनियोजन गरिएको छ । कोरोनाका कारण गुमेको रोजगारीलाई पुनस्र्थापित गर्न, वैदेशिक रोजगारीबाट फर्कनेहरूलाई रोजगारी उपलब्ध गराउन र स्वरोजगारी बढाउन कृषि, साना, घरेलु तथा मझौला उद्यमहरू र सेवा क्षेत्रमा संलग्न हुन प्रेरित गर्ने गरी बजेट तर्जुमा गरिएको स्रोतले जनाएको छ ।

त्यस्तै, आगामी आवको बजेटले कृषिलाई कोरोना र रोजगारीपछिको प्राथमिकतामा राखेको छ । यसअघि नै अर्थमन्त्रीले आगामी आवको बजेटले कृषि क्रान्ति गर्ने गरी स्रोतसाधन व्यवस्थापन गर्ने बताइसकेका छन् । सोहीअनुरूप कृषि विकासका लागि बजेट विनियोजन हुने सम्भावना छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation