भारतका २० नाकाबाट नागरिकलाई स्वदेश भित्र्याउने सरकारी तयारी

 अर्थबुलेटिन संवाददाता   १६ जेठ, २०७७



काठमाडौं । सरकारले भारतबाट स्वदेश आउनैपर्ने अवस्थामा रहेकाहरुलाई नेपाल ल्याउने भएको छ । शुक्रबार बसेको कोरोना भाइरस (कोभिड १९) रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले उनीहरुलाई ल्याउन २० वटा नाका तोकेको हो ।
 
स्वदेश ल्याउन सरकारले तोकेका २० वटा नाकाहरूमा इलामको पशुपतिनगर, झापाको काकडभिट्टा, मोरङको रानी, सप्तरीको कुनौली, सिराहाको ठाडी र माडर, महोत्तरीको भिट्टामोड, सर्लाहीको मंगलवा रेहको  प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी गराए ।

त्यसैगरी, रौतहटको गौर, पर्साको वीरगञ्ज, बाराको महेशपुर, रुपन्देहीको बेलहिया, कपिलवस्तुको तौलिहवा र कृष्णनगर, बाँकेको जमुनाह, बर्दियाको सुरजपुर, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुला नाका रहेका छन् ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation