त्रिविले ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्नसक्ने

    १७ जेठ, २०७७



काठमाडौं । त्रिविका हाल ६१ वटा आङ्गिक क्याम्पस छन् । समयको आवश्यकताअनुसार बढीमा ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्नसक्ने अवस्थामा रहेको विश्वविद्यालयले जनाएको छ ।

आङ्गिक क्याम्पस हुन स्वतन्त्र रूपमा कृषि, वन र इन्जिनियरिङ विषयको मात्र पढाइ हुनुपर्ने र अन्य साधारण विषय जोडिन नहुने उहाँको भनाइ छ ।

विश्वविद्यालयले चिकित्साशास्त्र विषयको पठनपाठन विस्तार गर्ने कुरालाई भने कम प्राथमिकता दिने जनाएको छ । चिकित्साशास्त्रको शैक्षिक कार्यक्रम प्रदेश स्तरमा विस्तार गर्ने कुरा प्राथमिकतामा नराखिएको उपकुलपति डा. बाँस्कोटाले स्पष्ट पारे ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा. शिवलाल भुसालले सरकारले सहयोग गरेको अवस्थामा विश्वविद्यालय आङ्गिक क्याम्पस थप गरी प्राविधिक शिक्षालाई विस्तार गर्न विश्वविद्यालय तयार रहेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation