दैलेखको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना भएको पुष्टि

 अर्थबुलेटिन संवाददाता   १७ जेठ, २०७७



दुल्लु । दैलेखको दुल्लु नगरपालिकाको एक क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना भएको पुष्टि भएको छ । वडा नं ११ कालभैरवको क्वारेन्टिनमा आज बिहान मृत्यु भएका ३५ वर्षीय युवाको आज नै पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिनुभयो । बिहीबार उहाँको स्वाब सङ्कलन गरिएको थियो । यही जेठ ७ गते भारतबाट आएका उहाँसहितको टोलीलाई विद्युत् प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको थियो । मृतक युवाको शव के गर्ने भन्नेबारेमा जिल्ला प्रशासनसँग सहकार्य भइरहेको नगरप्रमुख भण्डारीले बताउनुभयो । कर्णाली प्रदेशका कोरोनाबाट मृत्यु हुनेमा उहाँ पहिलो हो ।     



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation