विदेशमा अलपत्र परेका झण्डै आठ सय नेपाली स्वदेश फर्किए

 अर्थबुलेटिन संवाददाता   २० असार, २०७७



काठमाडौं ।  कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण बिदेशमा अलपत्र परेका झण्डै आठ सय नेपाली स्वदेश फिर्ता भएकाछन । सिसिएमसीका अनुसार कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली     नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा शुक्रबार तीन वटा देशबाट उक्त संख्यामा नेपाली स्वदेश फर्किएका हुुन ।

सो मध्ये कतारबाट दुुई वटा उडान मार्फत क्रमश एक सय ४५ र एक सय ४१,  युुएईबाट दुई वटा उडानमार्फत क्रमश एक सय ४२ र एक सय ६७ र मलेसियाबाट एक सय ७६ जना रहेकाछन । उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिड सेन्टरहरुमा लगिएको छ ।

त्यहाँ उनीहरु सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पुरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा स्थानीय तहहरुले व्यवस्थापन गरेको क्वारेन्टाईनहरुमा पठाईएको सिसिएमसीले जनाएको छ । यसैबिच सिसिएमसीले यही असार १८ गतेसम्म भने बिभिन्न देशबाट १६ हजार दुुई सय ९४ जनाको उद्धार गरेको जानकारी दिएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation