निजि निवास बालकोट पुगे प्रधानमन्त्री ओली

 अर्थबुलेटिन संवाददाता   १९ सावन, २०७७



काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली सोमबार आफ्नो निवास बालकोट पुगेका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल सकिएलगत्तै प्रधानमन्त्री ओली बालकोटस्थित आफ्नो निवासमा पुगेका हुन् ।

प्रधानमन्त्री चयन भएदेखि सरकारी निवास बालुवाटारमा बस्दै आएका ओली सम्भवतः पहिलोपटक बालकोटस्थि आफ्नो निवासमा पुगेका हुन् । जनैपूर्णिमाको दिनमा प्रधानमन्त्री  ओलीआफ्नो  निजी निवासमा पुगेका हुन् । यसअघि पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्षद्वयबीच बालुवाटारमा छलफल भएको थियो ।

सधैंको तुलनामा अनौपचारिक पहिरनमा त्यहाँ पुगेका ओली केहीबेर आफ्नो निवासमा बसेर पुनः बालुवाटार फर्केका छन् । प्रधानमनत्री भएर ओली बालुवाटार सरेपछि बालकोटस्थित निवासमा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा बस्दै आएका छन् ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation