ओली–प्रचण्ड छलफल आज पनि निष्कर्षबिहिन सुशील भट्टको नियुक्तिमा चर्काचर्की

 अर्थबुलेटिन संवाददाता   २० सावन, २०७७



काठमाडौं । आज पनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल निष्कर्षबिहिन बनेको छ । पार्टी विवाद समाधान गर्न बसेको  करिब सवा घण्टा भएको वार्तामा दुवै पक्ष आ–आफ्नै अडानमा बसेपछि छलफल निष्कर्षबिहिन बनेको हो ।  

प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक राख्न तयार नभएपछि कुरो मिल्न नसकेको एक प्रचण्डनिकट नेताले बताए । वार्ता सहमतितर्फ  नगएपछि बुधबार पुनः बस्ने गरी नेताहरु उठेका थिए ।  त्यस्तै, आजको बैठकमा सरकारले लगानी बोर्डमा सुशील भट्टलाई नियुक्ति गरेकोमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले आपत्ति जनाएका थिए ।  

विवादित व्यक्तिलाई नियुक्ति दिएको भन्दै प्रचण्ड र खनालले आपत्ति जनाएपछि केहीबेर चर्काचर्की नै भएको थियो । प्रचण्ड र खनालले आपत्ति जनाएपछि ओलीले अबदेखि कुनैपनि नियुक्ति गर्दा पार्टीको निर्णय र परामर्शमा मात्रै गर्ने जवाफ दिएका थिए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation