२४ घण्टामा ३ सय ६० कोरोना संक्रमित थपिए उपत्यकामा अहिलेसम्मकै उच्च संख्यामा संक्रमण

 अर्थबुलेटिन संवाददाता   २२ सावन, २०७७



काठमाडौं । पछिल्लो २४ घण्टामा  नेपालमा थप ३ सय ६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । 

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार यससँगै  कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । त्यस्तै  बिहीबार काठमाडौँ उपत्यकामा थप ८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी गराए । उपत्यकामा यो अहिलेसम्मकै उच्च संख्यामा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये काठमाडौँका ७६, ललितपुरका १० जना र भक्तपुरका एकजना रहेको मन्त्रालयले जनाएको छ । उनीहरूको उपत्यकाका प्रयोगशालाहरूमा परीक्षण गरिएको हो ।

यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ सय ७६ जना पुगेको छ । जसमा काठमाडौँमा ६ सय ७४ जना, ललितपुरमा १ सय २४ जना र भक्तपुरमा ७८ जना पुगेको छ ।

त्यसैगरी, नेपालमा गत २४ घण्टामा कोरोनाका कारण संक्रमणका कारण थप ५ जनाका मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीका १ मोरङ २, धनुषाका १, सप्तरीका १ जना गरी ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । यससँगै मृत्यु हुनेमा ६५ जना पुगेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation