पर्सामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

 अर्थबुलेटिन संवाददाता   २२ सावन, २०७७



पर्सा  । वीरगन्जमा  कोरोना भाइरस संक्रमणबाट   थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । बिहीबार वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो । नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायका अनुसार  वीरगन्ज १० आदर्शनगरका ५७ बर्षका पुरुषमा बिहीबार साँझ संक्रमण पुष्टि भएको हो ।

बिहिबार बिहान करिब ८ बजे मृत्यु भएका ती पुरुषको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा बिहीबार साँझ पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । मृतक मुटुरोगी, निमोनिया र श्वास प्रश्वासको समस्या देखिएपछि गत मगंलवार दिउँसो कोभिड अस्पतालमा लगेर भर्ना गरिएको मेसु डाक्टर उपाध्यायले बताए ।

त्यस्तै,  गत साउन २० गते राति आफनै घरमा मृत्यु भएका वीरगन्ज ११ मुर्लीका ८० वर्षिय बृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।   नारायणी अस्पतालको प्रयोगशालाबाट बिहिबार साँझ प्राप्त रिपोर्टमा ती बृद्धको पनि पिसिआर रिपोर्ट पोजेटिभ देखिएको नारायण अस्पतालका डाक्टर उदय नारायण सिंहले बताए ।

मूर्लीस्थित आफनै घरमा साउन २० गते राति मृत्यु भएका बृद्धको कोरोना परिक्षणका लागि बुधबार बिहान स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा पठाइ थियो । यससँगै
 पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation