शुक्रबार र शनिबार काठमाडौंका यि स्थानमा विद्युत् कटौती हुने

 अर्थबुलेटिन संवाददाता   २३ सावन, २०७७



काठमाडौं । शुक्रबार र शनिबार  नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।  पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाट वितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालले जानकारी गराईन् ।

प्राधिरकणले शुक्रबार र शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडरअन्तर्गतका बाग्डोल क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ । त्यस्तै,  सानेपा चक्रपथ, खाद्य गोदाम, चाइनिज क्याक्प क्षेत्रलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ । तोकिएको काम समयअगावै सम्पन्न भएको खण्डमा विद्युत् पुनःप्रवाह हुने प्राधिकरणको भनाइ छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation