प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्या सिंहलाई कोरोना पुष्टि

 अर्थबुलेटिन संवाददाता   १० असोज, २०७७



काठमाडौं । प्रा. डा. दिव्या सिंह शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक समेत रहेकी डा. शाहलाई शुक्रबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।  

डा. शाहले केही दिनदेखि हल्का ज्वरो आउने तथा खोकी लाग्ने भएकाले परीक्षण गराएको जानकारी गराएकी छिन् । अन्य कुनै लक्षण नदेखिए पनि शुक्रबार रिपोर्ट आउँदा पोजेटिभ भएको बताइन् । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ उनी कोरोना पुष्टि भएसँगै होम आइसोलेसनमा बसेको जानकारी दिएकी छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation