काण्डै काण्डमा फसेको ओली सरकारले भूमिका निर्वाह गर्न सकेनः नैनसिंह महर

 अर्थबुलेटिन संवाददाता   ११ असोज, २०७७



काठमाडौं । नेपाली कांग्रेसका  युवा नेता नैनसिंह महरले नेकपाको सरकार काण्डैकाण्डको  चरमचुलीमा फसेको दाबी गरेका छन् ।  महरले कोरोना भाइरसले जनजीवन कठिन भइरहेका बेला पनि सरकारले आफ्नो भूमिका निर्वाह गर्न नसकेर काण्डमा फसेको नेता महरले आरोप लगाएका हुन् ।

गोविन्द केसीको सत्याग्रहको आज १४ औं दिन भइसक्दासमेत सरकारले माग पुरा नगर्दा उनको स्वास्थ्य अवस्था दिनदिनै खस्किरहेको उनको भनाइ छ ।  उनले  सरकारले तुरुन्त ध्यान नदिए उनको अन्तिम अनसनको व्यथा अधिकारी दम्पती जस्तो हुने नेता महरले आशंका समेत व्यक्त गरे ।

कोरोनाले तरकारी उपभोक्ता सास्तीमा परेका बेला पनि प्याज टमाटरको कालोबजारी नेकपाकै संरक्षणमा भइरहेको उनको भनाइ थियो ।

सरकारका मन्त्री र मतियारहरुका अभिव्यक्तले बलात्कारिलाई प्रसय मिलेको उनको भनाइ छ ।  महरले बझाङमा भएको बलात्कारपछिको हत्या घटनाले निर्मला हत्याकाण्डको पुनरावृत्ति गराएको बताए ।

बझाङ जिल्लाको मष्टा गाउँपालिका स्थित शिव मन्दिरभित्र १२ वर्षीया सम्झना बिक बलात्कारपछि मृत अवस्थामा भेटिएकी थिइन् । सरकारले निर्मला हत्याकाण्डको हत्यारा पत्ता लगाउन नसकेकोमा महरले खेद प्रकट गरे ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation