एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

 अर्थबुलेटिन संवाददाता   ११ असोज, २०७७



काठमाडौं ।  कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ९ स्थित सीमा ईलाकाबाट असोज १० गते एपीएफ टोलीले करीव सात लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । 

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बंग्राकटानबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला लत्ताकपडा ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त लत्ताकपडा छाडी फरार भएका थिए । 

बरामद लत्ताकपडा भन्सार कार्यालय त्रिनगरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको
एपीएफ टोलीले असोज १० गते करीव एक लाख ६५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको भेट्नरीका सामानहरु बरामद गरेको छ ।

भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित भण्टावारी चोकबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय कोशी व्यारेजमा बुझाईएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation