जबर्जस्ती पीसीआर परीक्षणका लागि बाध्य नपारः सरकार

 अर्थबुलेटिन संवाददाता   १२ असोज, २०७७



काठमाडौं । सरकारले मापदण्ड विपरित पीसीआर परीक्षणमा बाध्य नपार्न आग्रह गरेको छ ।  घरधनीहरुले परीक्षणका लागि दबाव दिने गरेको गुनासो आएपछि सरकारले यस्तो आग्रह गरेको हो ।  सोमबार परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप  ज्ञवालीले  पत्रकार सम्मेलनमार्फ  सचेत गराएका हुन्  ।

मन्त्री ज्ञवालीले पीसीआर रिपोर्ट नभई धरधनीले डेरामा बस्नेलाई पस्न नदिएको र औद्योगिक प्रतिष्ठानले काम गर्न नदिएको सुन्नमा आएको भन्दै जबर्जस्ती पीसीआर परीक्षणका लागि बाध्य नपार्न उनले सबैमा आग्रह गरे ।

यस्तै उनले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरे ।
लक डाउन खुकुलो जोखिम कम भएर नभइ जीवन र जिविका चलाउन सहज बनाइएकाले सतर्कता अपनाउन जरुरी रहेको उनको भनाइ छ
 ।
उपत्यका लगायत विभिन्न जिल्लाहरुमा दिनदिनै संक्रमण बढीरहेको अवस्थामा सरकारले सबैले उच्च सतर्कता अपनाएर सहयोग गर्न उनले आग्रह गरे ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation