खुलामञ्चमा खाना बाँड्दै बाबुराम भट्टराई

 अर्थ बुलेटिन सम्वाददाता   १४ असोज, २०७७



काठमाडौं । कोरोना महामारीका कारण रोजगारी र काम गुमाएकाहरुलाई काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहेका छन् । बुधबार खाना बाँड्ने मान्छे भने अरु दिन भन्दा नौला देखिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न पुगेका थिए ।

विहान साढे ९ बजे आएका उनले करिब २० मिनेट खाना बाँड्ने काम गरे । खाना बाँड्ने क्रममा भट्टराईले खाना खाने लाइनमा बसेकाहरुसँग कुराकानी पनि गरे । बाल्टीमा दाल, तरकारी र खाना बाँड्न पूर्वप्रधानमन्त्री नै आउँदा कतिपयले आफ्नो बाध्यता पनि सुनाए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation