पूर्व अर्थमन्त्री खतिवडा अमेरिकाका लागि राजदूतमा सिफारिस, अन्य ६ देशको पनि जिम्मेवारी

 अर्थबुलेटिन संवाददाता   १५ असोज, २०७७



काठमाडौं । पूर्व अर्थमन्त्री एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका  मुख्य आर्थिक सल्लाहाकार डा. युवराज खतिवडा अमेरिकाका लागि राजदूतमा सिफारिस भएका छन् ।

  बिहिबार  बसेको मन्त्रिपरिषद बैठकले खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाको अलावा पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो । यसअघि  राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष, पूर्व गर्भनर, पूर्व राष्ट्रियसभा सदस्य, पूर्व अर्थमन्त्रीसमेत रहेका खतिवडाले केही समय अघि मात्रै अर्थमन्त्रीबाट राजिनाम दिएका थिए ।


 सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार   पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवासीय र  गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय गरिएको पनि गरिएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation