‘भायानेट बडा दशैंमा बडा टिभी’ नामक योजनामा टेलिभिजन सेट र क्यास भउचर

 अर्थबुलेटिन संवाददाता   १५ असोज, २०७७



काठमाडौं । विगत २० वर्षदेखि व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको उत्कृष्ट सेवा प्रदान गर्दै आएको भायानेटले यस वर्षको आफ्नो चाडपर्वको अफर “भायानेट बडा दशैंमा बडा टिभी”आफ्ना ग्राहकहरुका लागि ल्याएको छ । कम्पनीका अनुसार नेपालीहरुको महान् चाड दशैं र तिहारको उपलक्ष्यमा “भायानेट बडा दशैंमा बडा टिभी”नामक योजनामा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भउचर प्रदान गरिनेछ ।
यस योजना अन्तर्गत, भायानेटका ग्राहकहरुले ४३ इन्चको स्काई वर्थ एलईडी टिभी को साथ ३० एमबिबिएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवामात्र रु. ४१,९९० प्राप्त गर्नेछन् भने ३२ इन्चको स्काई वर्थ एलईडी को साथ ३० एमबिपिएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवामात्र रु. २८,९९० प्राप्तगर्नेछन् ।

यतिमात्रहोइन, यो चाडपर्वलाई अझै रमाइलो बनाउन भायानेटले ईसेवाको रु. ६५० सम्मको क्यास भाउचर प्रदान गर्दैछ भने पुराना ग्राहकहरुले थप रु. ६०० सम्मको छुट पनि प्राप्तग र्नेछन् । भायानेटको दावी छ कि ग्राहकहरुले यस अफरबाट टेलिभिजन सेटमा मार्केट रेटको दाँजोमा ३५ प्रतिशत भन्दा बढीको छुट पाउने छन् र भाया टिभीको सेवाका साथअब युट्युब उपलब्ध हुने भएकोले अफरमा प्रदान गर्ने एलईडी टिभीको फिचरको मजा लिन सकिनेछ ।

भायानेट आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि मात्र होइन ग्राहकहरुलाई केही विशेष प्रदान गर्नको लागि सधंै लागिपरेको हुन्छ । यस अफरका साथ भायानेटले यो चाडपर्वको अवसरमा ग्राहकहरुलाई खुशी बाँड्न र रोमाञ्च प्रदान गर्न खोजेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप खबर

नेपालले आज त्रिकोणात्मक टी-२० आई सिरिजमा हङकङसँग खेल्दै

नेपालले आज त्रिकोणात्मक टी-२० आई सिरिजमा हङकङसँग खेल्दै


यस्तो रहनेछ आज दिनभरको मौसम

यस्तो रहनेछ आज दिनभरको मौसम


जापानलाई हराउँदै चारदेशीय महिला टी-२० सिरिजमा नेपाल तेस्रो

जापानलाई हराउँदै चारदेशीय महिला टी-२० सिरिजमा नेपाल तेस्रो

प्रधानमन्त्री र सिपिसि तिब्बतका सचिव छुङछेङबिच भेटबार्ता

प्रधानमन्त्री र सिपिसि तिब्बतका सचिव छुङछेङबिच भेटबार्ता


प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने

प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने


सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई बिमान पोखरामा अबतरण

सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई बिमान पोखरामा अबतरण


एनजी मार्केटको पर्व लक्षित ‘लक्की ड्र’ योजना, ५ हजारमा कुपन एक हजार जनालाई उपहार

एनजी मार्केटको पर्व लक्षित ‘लक्की ड्र’ योजना, ५ हजारमा कुपन एक हजार जनालाई उपहार


तिहारको मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित

तिहारको मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित


प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation