२४ घण्टामा थपिए ३ हजार १६७ कोरोना संक्रमित उपत्यकामा मात्रै १ हजार ७४६ जनामा पुष्टि

 अर्थबुलेटिन संवाददाता   १ कार्तिक, २०७७



काठमाडौं । पछिल्लो  २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा उक्त जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले १५ हजार ४३८ जनाको नमूना परीक्षण गर्दा ३ हजार १६७ जनामा संक्रमण देखिएको जानकारी गराए ।

त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ७४६ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जनामा संक्रमण देखिएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ जना छन् भने कूल संक्रमित संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ । यस्तै २४ घण्टामा १ हजार ८०० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ७२७ पुगेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation