मालिकबिनाको झण्डै २३ किलो सुनका बिस्कुट बरामद

 अर्थबुलेटिन संवाददाता   १ कार्तिक, २०७७



पर्सा । वीरगंज महानगरपालिका ५ रेशमकोटीस्थित श्रीगणेश एपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नम्बर फ्लैटबाट लुकाई राखेको करिब २२ केजी ५ सय ७६ ग्राम सुन जस्तो देखिने बिस्कुट, करिब ६ सय ८१ ग्राम सुनको जस्तो देखिने विभिन्न गरगहनाहरु र करिब २ केजी २ सय ६२ ग्राम चाँदीका जस्तो देखिने विभिन्न गरगहनाहरू शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारत पूर्वी चम्मपारण हरैया निवासी अशोक सिन्हा बस्ने गरेको उक्त फ्लैटमा तलासी गर्दा उक्त धातु फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation