बाबुराम भट्टराई बने पार्टीको संघीय परिषद् अध्यक्ष

 अर्थबुलेटिन संवाददाता   ४ कार्तिक, २०७७



काठमाडौं । डा.बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपालको संघीय परिषद् अध्यक्षभएका छन् । पार्टीको  कार्यकारिणी समितिको बैठकले डा. भट्टराईलाई सो जिम्मेवारी दिएको हो ।

पार्टी स्रोतले  जनाए अनुसार उनी पार्टीको वरियताक्रमको एक नम्बरमा रहनेछन् ।  यद्यपि, यसबारे पार्टीले कुनै औपचारिक जानकारी गराएको छैन ।

यसअघि पार्टी दार्ता गर्ने क्रममा उनले आफूलाई एक नम्बरमा राख्न भनेका थिए तर महन्थ ठाकुरले त्यतिबेला मानेका थिएनन् । उनको पदबारे विवाद भएपछि आफू संघीय परिषद्का अध्यक्षमा नबस्ने बरु वरिष्ठ नेतामा बस्ने भन्दै संघीय परिषदको अध्यक्षमा टिपेक्स लगाएर वरिष्ठ नेतामा चित्त बुझाएका थिए ।

तर अहिले कार्यकारिणी समितिको बैठकले उनलाई संघीय परिषद्को अध्यक्ष दिएर वरियताक्रमको एक नम्बरमा राखेको छ ।

त्यसैगरी, बैठकले ७७९ सदस्यीय केन्द्रीय समितिको पनि घोषणा गरेको छ । यसअघि ७०१ सदस्यीय कार्यसमिति प्रावधान थियो तर केन्द्रीय सदस्यहरुको आकाँक्षी बढेपछि विधान संशोधन गरेर सङ्ख्या बढाएर ८०१ सदस्यीय गरेको छ । दुईजना पछि मनोनित गर्ने बताइएको छ ।  बैठकले विभिन्न विभाग र आयोगमा कार्यविभाजन पनि गरेको छ । २९ वटा विभाग बनेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation