९९ हजार ६ सय ५ जनाले जिते कोरोना

 अर्थबुलेटिन संवाददाता   ५ कार्तिक, २०७७



काठमाडौं ।  गएको  २४ घण्टामा थप २ हजार ९ सय ९६ जना कोरोना जितेर घर फर्किएका छन् । वुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९६ जना संक्रमणमुक्त भएको जानकारी दिएका हुन्  ।

योसहित निको हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ । त्यस्तै, गत २४ घण्टमा देशभर थप ५ हजार ७ सय ४३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।

हाल देशभर ४४ हजार ४ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७ सय ९१ जना पुगेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation