उपराष्ट्रपति पुनले चाडपर्व बापत पाउने रकम कोरोना कोषलाई प्रदान गर्ने

 अर्थबुलेटिन संवाददाता   ५ कार्तिक, २०७७



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले चाडपर्व खर्च बापतको रकम कोरोना उपचार कोषलाई प्रदान गर्ने भएका छन् ।

बुधबार उपराष्ट्रपति पुनको निजी सचिवालयले एक विज्ञप्ति जारी गर्दै  चाडपर्व खर्च बापत प्राप्त हुने रकम कोरोना उपचार कोषलाई प्रदान गर्ने जानकारी गराएको हो ।  उपराष्ट्रपति पुनले यसअघि पनि एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरिसकेका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation