२४ घण्टामा थपिए १९ सय ४८ कोरोना संक्रमित, ३१ सय ४० निको भए

 अर्थबुलेटिन संवाददाता   १० मंसिर, २०७७



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९ सय ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएको हो । मन्त्रालयका  प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार  यससँगै संक्रमितको संख्या २ लाख १६ हजार २६ जना पुगेको छ ।

हाल देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेका मन्त्तालयले जनाएको छ । त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ हजार १ सय ४० जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ । निको हुनेको दर ९२ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २८ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १ हजार ३ सय ८९ जना पुगेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation