२४ घण्टामा १७ सय ३ कोरोना संक्रमित थपिए, २३ जनाको ज्यान गयो

 अर्थबुलेटिन संवाददाता   १२ मंसिर, २०७७



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर  १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  १० हजार ४६० जनाको पीसीआर  परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएको जानकारी गराएको हो ।  यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख २९ हजार ३४३ जना पुगेको छ ।

त्यस्तै,  पछिल्लो २४ घण्टामा १ हजार २ सय ३६ जना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ९ हजार ४३५ जना पुगेको छ ।  यता पछिल्लो घण्टामा उपत्यकामा  ८ सय २२ संक्रमित थपिएका छन् ।

 मन्त्रालयले दिएको जानकारी अनुसार  ३ सय ७९ जना महिला र ४ सय ४३ जना पुरुष संक्रमित रहेका छन् ।

योसँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या १ लाख ७ हजार १२४ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर २३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ । अघिल्लो दिन बिहीबार पनि २३ जना संक्रमितको मृत्यु भएको थियो । हाल देशमा सक्रिय संक्रमितको संख्या १७ हजार २३७ छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप खबर

नेपालले आज त्रिकोणात्मक टी-२० आई सिरिजमा हङकङसँग खेल्दै

नेपालले आज त्रिकोणात्मक टी-२० आई सिरिजमा हङकङसँग खेल्दै


यस्तो रहनेछ आज दिनभरको मौसम

यस्तो रहनेछ आज दिनभरको मौसम


जापानलाई हराउँदै चारदेशीय महिला टी-२० सिरिजमा नेपाल तेस्रो

जापानलाई हराउँदै चारदेशीय महिला टी-२० सिरिजमा नेपाल तेस्रो

प्रधानमन्त्री र सिपिसि तिब्बतका सचिव छुङछेङबिच भेटबार्ता

प्रधानमन्त्री र सिपिसि तिब्बतका सचिव छुङछेङबिच भेटबार्ता


प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने

प्रहरी घेरा भित्र एन्फाको बिशेष साधारणसभा, अध्यक्ष बर्खास्ती हुने वा नहुने निर्णय आजै हुने


सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई बिमान पोखरामा अबतरण

सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई बिमान पोखरामा अबतरण


एनजी मार्केटको पर्व लक्षित ‘लक्की ड्र’ योजना, ५ हजारमा कुपन एक हजार जनालाई उपहार

एनजी मार्केटको पर्व लक्षित ‘लक्की ड्र’ योजना, ५ हजारमा कुपन एक हजार जनालाई उपहार


तिहारको मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित

तिहारको मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित


प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation