देशभर १३८० कोरोना संक्रमित थपिए, १९ जनाले ज्यान गुमाए

 अर्थबुलेटिन संवाददाता   १३ मंसिर, २०७७



काठमाडौं । पछिल्लो २४ घण्टामा  देशभर  १३८० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त जानकारी दिएको हो ।

यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुगेको छ भने मृतकको संख्या १४५४ पुगेको मन्त्रालयले जनाएको छ ।  त्यस्तै, पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु समेत भएको मन्त्राालयले जानकारी गराएको छ ।

यस्तै बितेको २४ घण्टामा थप ५१५ निको भएपनि कुल निको हुने संख्या २ लाख ११ हजार १८६ पुगेको छ ।
यसैगरी हाल देशभर सक्रिय संक्रमित १८ हजार ८३ जना रहेका छन् भने निको हुने दर ९१.५ प्रतिशत रहेको छ ।

यसैबीच बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६५४ जनामा संक्रमण पुष्टि भएको छ। 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation