सबै प्रदेशमा निर्वाचनसम्बन्धी सम्पर्क व्यक्ति तोक्ने आयोगको निर्णय

 अर्थबुलेटिन संवाददाता   ७ माघ, २०७७



काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनसँग सम्बन्धी तोकिएका कार्यमा सहयोग र समन्वय गर्न सबै प्रदेश र स्थानीय तहमा एक÷एक जना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ । नामावली सङ्कलन तथा अद्यावधिक, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम र सूचना तथा सन्देश सम्प्रेषण गर्नेलगायतका कार्यका लागि सम्पर्क व्यक्ति तोकिन लागेको आयोगले जनाएको छ ।
 
सबै प्रदेशमा निर्वाचनसम्बन्धी विषयमा आवश्यक समन्वय गर्न सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव वा सोसरहका कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी जानकारी पठाउन उक्त कार्यालयलाई आयोगले आग्रह गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आयोगले स्थानीय तहमा शिक्षा वा सामाजिक विषयसँग सम्बन्धित शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी जानकारी गराउन अनुरोध गरेको छ ।

यसैबीच आयोगले प्रदेश र स्थानीय तहमा रहने सम्पर्क व्यक्तिको कार्यविवरणसमेत स्वीकृत गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation