माधव समूहको गुटगत भेलाबाट ओली समूह सशंकित

    २७ फागुन, २०७७



काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही सफ्ट देखिए पनि आफ्नो गुटगत भेलालाई भने जारी नै राखेको छ । बुधबार राजधानीमा बसेको नेपाल समूहको छुट्टै भेलाले विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने भूमिका अध्यक्ष ओलीकै हुने भन्दै त्यसको पहलकदमी ओलीले नै गर्नुपर्ने आवश्यकता औंल्याएको हो ।

तर, उसले गुटगत भेला जारी राखेको भन्दै ओली समूह भने रुष्ट छ । ओली समूहले नेपाल समूहमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारी बोकेर एमालेमा वितण्डा मच्चाउन सक्ने भन्दै सचेतता अपनाइएको बताएको छ । भेलामा सो समूहले पार्टीका विभिन्न कमिटीका बैठक बसालेर पार्टीलाई चलायनमान बनाउनसमेत अध्यक्ष ओलीसँग माग गरेको छ । तर, ओली पक्षले भने बाहिर एक थोक भन्ने तरभित्र अर्कै रणनीति बनाउन सक्ने भन्दै त्यसको निगरानीसमेत गरिने जनाएको छ ।

नेपाल समूहले अब एमालेको एकता जोगाएर शक्तिशाली र जनप्रिय पार्टी बनाउने प्रमुख दायित्व अध्यक्ष ओलीकै भएको निष्कर्ष निकालेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation