तानातानमा जसपा

    २७ फागुन, २०७७



काठमाडौं । संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी (जसपा) तानातानमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काँग्रेससहितको सरकार गठन गर्न जसपाको साथ खोजेका हुन् ।

जसपाले भने दुवै पक्षसँग आफ्नो माग सम्बोधन हुने ग्यारेन्टी खोजिरहेको छ । रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएको जसपाले प्रधानमन्त्री ओली र अर्को पक्षलाई उधारो होइन नगद मै मात्र कुरा हुने अडान लिएको हो ।

एमाले र माओवादी केन्द्र दुवैले बुधबार पनि जसपाका नेतासँग भेट गरेका छन् । जसपाभित्रको राजपा पृष्ठभूमिका नेता अझ धेरै तानातानमा देखिएका छन् । समाजवादी पृष्ठभूमिका नेता भने केहीबाहेक ओली नेतृत्वको सरकारको विपक्षमा छन् । माओवादी केन्द्रले साथ छाडे नपुग १८ मतका लागि ओलीले जसपाभित्रको राजपा पृष्ठभूमिका नेतालाई फकाउने प्रयास राखेका छन् ।

माओवादी केन्द्र भने यो सरकारको विकल्पमा अर्को समीकरण बनेपछि मात्र समर्थन फिर्ता लिने पक्षमा देखिएको छ । माओवादी अध्यक्ष प्रचण्डले मंगलबार सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation