मेलम्चीको पानी ल्याएको घोषणा, कयौँ समस्या ज्यूँकात्यूँकाठमाडौँको सडक जलमग्न बन्ने खतरा

    १ चैत, २०७७



काठमाडौं । उपत्यकावासीले मेलम्चीको पानी आउने दिन गनेर बसेको वर्षौं बित्यो । तर, प्रचार गरिएअनुसार पानी अझै आएको छैन । गत साता प्रधानमन्त्री केपी शर्मा ओलीसहित जम्बो टोलीले सुरुङबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झार्ने काम सुरु गरी मेलम्चीको पानी ल्याएको घोषणा गरे पनि अझै कयौँ समस्या भने ज्यूँकात्यूँ छन् ।

निर्माण थालिएको लामो समयपछि मेलम्चीको पानी गत फागुन २२ मा सुन्दरीजलसम्म परीक्षणका रुपमा ल्याइयो । त्यो पानी केही दिन वाग्मतीमा छाडियो । तर, अझै मेलम्चीको पानी उपत्यकावासीको घरघरमा पुगेको छैन । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले चैत दोस्रो साताबाट परीक्षण वितरण गर्ने तयारी भएको जानकारी दिए । तर, उनले भनेजस्तो वितरण प्रणाली सजिलो देखिँदैन । नयाँ पाइपबाट वितरण गर्ने अवस्था छैन ।

पुराना पाइपबाट वितरण गर्ने तयारी गरिएको भए पनि ती जीर्ण छन् । पुराना पाइप टालटुल गरेर पानी लयाउने तयारी गरिएको हो । पुराना पाइपमा सातामा एक चोटी पानी छाड्दा केही स्थानमा लिकेज भइ सडक जलमग्न बन्ने गरेका छन् । अब मेलम्चीको पानी आउँदा दैनिक समय मिलाएर वितरण गरिनेछ । जसले गर्दा काठमाडौँका प्रायः सडक जलमग्न हुने खतरा रहेको स्वयम् आयोजनाले स्वीकारेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation