देउवालाई भेट्न प्रधानमन्त्री ओली बुढानिलकण्ठमा

 अर्थ बुलेटिन संवाददाता   २२ बैशाख, २०७८



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।

राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् ।देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री भेटका लागि आएको पुष्टि गरे ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation