पुर्नस्थापित प्रतिनिधि सभाको बैठक ४ बजेराष्ट्रिय सभाको बैठक पनि आजै अपरान्ह

 अर्थ बुलेटिन   ३ सावन, २०७८



काठमाडौं । सर्बोच्च अदालतले पुर्नस्थापित गरिदिएको प्रतिनिधि सभाको बैठक आज आइतवार (श्रावण ३ गते) अपरान्ह ४ बजे बस्ने भएको छ ।

सर्वोच्चले श्रावण ३ गते भित्र बैठक राख्नेगरी प्रतिनिधि सभा पुर्नस्थापित गरे अनुसारनै नवगठित देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधि सभाको अधिबेशन आह्वा गर्नु भएको हो । 

अपरान्ह ४ बजे बैठक संघिय संसद भबन बानेश्वरमा बस्दैछ । 

यसैबिच, हिजो शनिवार बसेको मन्त्री परिषद्को बैठकले आइतवार बस्ने प्रतिनिधि सभाको बैठकमा पुर्ववर्ति ओली सरकारले ल्याएको १६ वटा विभिन्न विधेयकहरु प्रक्रियाका लागि पेश गर्ने निर्णय गरेको छ ।

आजै अपरान्ह राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation