ऋण लिनका लागि कुन बैंकको ब्याज सस्तो?

 सेतोपाटी   ५ भदौ, २०७८



बैंकमा ऋण लिन जाँदै हुनुहुन्छ भने सबैभन्दा पहिले बैंकको आधार दरबारे बुझ्नु जरुरी छ।

किनकि तपाईंले बैंकलाई तिर्नुपर्ने ब्याज त्यहीं आधार दरमा निर्भर रहन्छ। सामान्यतः बैंकको आधार दर कम हुने बैंकबाट ऋण लिँदा सस्तो हुन्छ। 

यतिबेला बैंकको आधार दर एकदमै न्यून विन्दुमा झरेको अवस्था छ। ०७८ असार मसान्तसम्म २७ वाणिज्य बैंकको औसत आधार दर ६. ८९ प्रतिशत छ। गत वर्षको सोही अवधिमा ८.५ प्रतिशत थियो। एक वर्षको अवधिमै १.६ प्रतिशतले आधार दर घटेको छ। 

समग्रमा आधार दर घट्नुले ऋणको ब्याज पनि घटेको हुन्छ। यद्यपि आधार दरले मात्रै ऋणको ब्याजदर निर्धारण हुने भने होइन। आधार दरमा जोडिने प्रिमियम दर पनि उत्तिकै महत्वपूर्ण हुन्छ। बैंकले ऋणको प्रकृति हेरिकन आधार दरमा निश्चित प्रिमियम थपेर ऋणीले तिर्नुपर्ने ब्याजदर तय गरिदिन्छन्। 

यस्तो प्रिमियम दर कति तोक्ने भन्ने सम्वन्धमा निर्णय गर्न बैंकहरु आफै स्वतन्त्र छन्। राष्ट्र बैंकले कृषि, पर्यटन तथा उत्पादनमूलक क्षेत्रमा जाने सीमित क्षेत्रमा भने अधिकतम २ प्रतिशतसम्म प्रिमियम दर थपेर ब्याजर निर्धारण गर्न पाउने व्यवस्था गरेको छ। यसको अर्थ आधार दर ६ प्रतिशत भएको बैंकले त्यस्ता कर्जाको ब्याज ८ प्रतिशतभन्दा बढी लिन पाउँदैनन्। 

बैंकको ग्राहकसँगको सम्वन्ध, ग्राहकले राखेको धितोको प्रकार र मूल्य, व्यवसायको प्रकृतिजस्ता पक्ष हेरेर बैंकहरुले प्रिमियम दर निर्धारण गरिदिन्छन्। तसर्थ ऋणको ब्याज निर्धारणका लागि प्रिमियम दर पनि महत्वपूर्ण हुन्छ। 

मानौं ए बैंकको आधार दर ७.५ र बी बैंकको ८ प्रतिशत छ, ऋणीलाई ए बैंकले प्रिमियम दर ३ र बीले २ प्रतिशत मात्रै तय गरिदिएमा बीको आधार दर बढी भए पनि ऋणीलाई ब्याजदर सस्तो पर्न जान्छ। 

तर कतिपय ऋणमा बैंकहरुले आधार दरमा ७ प्रतिशतसम्म प्रिमियम थपेर ब्याजदर तोकिदिने गरेका छन्।

अधिकतम प्रिमियम दर राष्ट्र बैंकले नै तोकिदिनुपर्ने उद्योगी व्यवसायीले माग गर्दै आए पनि यो व्यवस्था अहिलेसम्म हुन सकेको छैन।

हाल सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम  ५.४ प्रतिशत छ भने कुमारीको सबैभन्दा धेरै ७.९ प्रतिशत छ। यसर्थ ऋणीका लागि राष्ट्रिय वाणिज्य बैंकको ब्याज सामान्तः सबैभन्दा न्यून पर्न जान्छ। 

बेलाबेलामा बैंकहरुले घरजग्गा तथा सवारीसाधन खरिद, साना तथा मझौला उद्योग व्यवसाय संचालनका लागि सस्तो ब्याजदरमा ऋण दिने अफर पनि ल्याएका हुन्छन्। 

सुरुमा ब्याज सस्तो गरे पनि केही महिनामै बढाउने गरेको गुनासो ऋणीहरुले गर्ने गरेका छन्। यहीं गुनासोलाई राष्ट्र बैंकले सम्बोधन गरेसँगै बैंकहरुले कहिल्यै नबढ्नेगरी यस्तो कर्जा दिन थालेका छन्। 

घर वा गाडी किन्नेजस्तो व्यक्तिगत आवधिक प्रकृतिको कर्जामा यो व्यवस्था पहिलेदेखि नै लागू हुँदै आएको छ। 

हेर्नुस् कु्न बैंकको आधार दर कति छ? 

बैं

आधार दर ०७८ असार मसान्त

राष्टिय वाणिज्य

५.४१

स्टान्डर्ड चार्टड

५.५१

नेपाल

५.७३

इन्भेष्टमेन्ट

५.७४

नबिल

५.८६

एभरेष्ट

५.९९

सानिमा

६.३४

ग्लोबल आइएमई

६.६०

सनराइज

६.७०

हिमालयन

६.७५

एनआइसी एसिया

६.८४

प्रभु

६.८८

लक्ष्मी

७.०८

कृषि विकास

७.१३

सिद्धार्थ

७.१३

प्राइम

७.२१

माछापुच्छ्रे

७.२६

एनएमबि

७.३३

एसबिआई

७.३७

नेपाल बंगलादेश

७.३४

बिओके

७.४४

सिटिजन्स

७.५५

एनसिसी

७.५७

मेगा

७.६१

सेन्चुरी

७.८०

सिभिल

७.८३

कुमारी

७.९०

पत्रपत्रिकाः 

श्रोतः सेतो पाटी



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation