संघर्ष समितिको आन्दोलनप्रति माओवादी निकट संगठनको एक्यवद्धताअबसरवादीहरुका कारण विगतमा आंशिक शिक्षकमाथि धोका

 अर्थ बुलेटिन   १३ भदौ, २०७८



काठमाडौं । डेढ दशक लामो आंशिकको आन्दोलनमा पटक पटक अबसरवादी आन्दोलनका अगुवाहरुका कारण आंशिक शिक्षकहरुलाई धोका भएको नेपाल राष्ट्रिय आंशिक प्राध्यापक संगठनले आरोप लगाएको छ । 

केहि दिन अघि गठन भएको माओवादी निकट आंशिक शिक्षकहरुको संगठन नेपाल राष्ट्रिय आंशिक प्राध्यापक संगठनले आज एक विज्ञप्ती जारी गर्दै दशकौ देखि चल्दै आएको आन्दोलन पटक पटक सफलताको नजिक पुगेको भएपनि केहि अबसरवादी नेतृत्वकर्ताहरुले आन्दोलनलाई धोका दिदा आन्दोलन तुहिदै आएको आरोप लगाएको हो । 

यो संगै संगठनले हाल जारी आंशिक प्राध्यापक संघर्ष समितिले शशक्त रुपमा चलाएको आन्दोलन सफलता नजिक पुगेको भन्दै आन्दोलन प्रति आफ्नो संगठनको पूर्ण साथ, समर्थन र एक्यवद्धता रहेको जनाएको छ । 

संगठनका महासचिव विष्णु सापकोटाले अर्थ बुलेटिनसंग भन्नुभयो “संघर्ष समितिले गरेका आन्दोलनका क्रियाकपालमा हाम्रो पूर्ण साथ र समर्थन रहेको छ । आन्दोलनका क्रममा संघर्ष समितिलाई आवश्यक पर्ने हरेक चरणमा आफ्नो संगठन निस्वास्र्थ भावनाले साथ दिन तयार रहेको छ । हामी संघर्ष समितिलाई खुट्टा नकमाइकन र विगतका संघ/संगठन जस्तै कुनै लोभ मोहमा नपरी आन्दोलनलाई अन्तिम टुंगोमा पुर्याउन अनुरोध समेत गर्दछौ ।”

संगठनको विज्ञप्तीः

नेपाल राष्ट्रिय आंशिक प्राध्यापक संगठन

विभिन्न राजनितिक पार्टीहरु निकट त्रिविका आंशिक शिक्षकहरुको केन्द्रीय संगठन एक पछि अर्को गर्दै धमाधम गठन हुँदै जाँदा नेकपा माओबादी निकट आंशिक प्रध्यापकहरुले जुम मार्फत राष्ट्रिय भेला गर्दै केहि दिन अघि बावुराम राईको संयोजकत्वमा २९ सदस्यीय नेपाल राष्ट्रिय आंशिक प्राध्यापक संगठन, केन्द्रीय समिति गठन गरेको छ । 

डा. महेश कुमार गजुरेलको संरक्षकत्वमा गठित समितिमा बावुराम राई संयोजक रहनुभएको छ । समितिमा सहसंयोजक राजेन्द्र आचार्य र लेखनाथ खनाल, महासचिवमा विष्णु सापकोटा, सचिवमा अनिल राना, कोषाध्यक्षमा रविन्द्र गजुरेल, ७ जना प्रदेश संयोजक र सदस्यमा १६ जना हरेका छन् । 

समितिको नवगठित पदाधिकारीहरुको विवरण सहितको विज्ञप्तीः 

केहि दिन अघि इन्द्रदेब यादवको अध्यक्षतामा नेपाली कांग्रेस निकट आंशिक प्रध्यापकहरुले राष्ट्रिय भेलावाट २९ सदस्यीय  प्रजातन्त्रवादी आंशिक प्राध्यापक संघ केन्द्रीय समिति गठन गरेको थियो । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation