निशानको दक्षिण एसियामा ग्रीनमिशन सेसनकाठमाडौं स्थित शो–रुमहरुमा साताव्यापी टेष्ट ड्राईभको व्यवस्था

 अर्थ बुलेटिन   २५ भदौ, २०७८



काठमाडौं । विश्वविद्युतीय गाडी दिवसको उपलक्ष्यमा निशान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजारमा विद्युतीय सवारी साधनको सहज उपलव्ध गराउन र भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्न भर्चुवल सेसनको आयोजना गरेको छ ।

नेपाल र भुटानमा पर्याप्त जलविद्युतको उपलब्ध भएकोले वातावरणीय एवं आर्थिक पक्षमा दरिलो वातावरण संरक्षणको संभावना छ निशानको उद्देश्य यस क्षेत्रको अधिकतम जनताका लागि उपयुक्त सवारी साधन उपलब्ध गराउने, सामाजिक आर्थिक लाभ दिलाउने र दिगो पनि हुने देखिन्छ ।

नेपाल सरकारको अग्रगामी चिन्तनको निति अनुरुप कार्वन उत्सर्जन कम गर्ने र विद्युतीय सवारी साधनलाई अधिकतम उपयोग गर्ने रहेको छ । निशानले नेपालका लागि हालै मात्र शून्य प्रदूषणमा आधारित लिफ ईभी निसान कार प्रारंभिक चरणमा विशेष छुट मूल्य अर्थात ५९ लाख ९९ हजार रुपैयामा उपलब्ध गराएको छ । 

निशान लिफ ई भी विद्युतीय सवारी साधन सन् २०१० मा उत्पादन भएको थियो । निशान लिफ गाडीले समग्रमा २.५ विलियन किलोलिटरको यात्रा तय गरिसकेको छ, जसले १.२ मिलियन टन कार्वन घटाउन मद्दत पुरयाई सकेको छ । यसको तुलना गर्दा ९ करोड रुखबाट पाईने अक्सिजनसँग गर्न सकिन्छ । 

निशान इण्डिया अप्रेशनका अध्यक्ष सिनान ओजकोका भन्छन् “निशासन उद्देश्य कमै मात्रामा वातावरणीय असर गर्ने सवारी साधन उपलब्ध गराएर ग्राहकको जीवनस्तर उठाउने रहेको छ । त्यसैको सन्दर्भमा शून्य प्रदूषणमा आधारित निशान लिफ दक्षिण एशियाको बजारमा उधपलन्ध गराउन लागिएको हो । यस क्षेत्रका सरकारहरु पनि ल्किनइनर्जी लक्ष्य प्राप्त गर्न लागी परेका छन्, जसलाई हामीले विगत ७० बर्ष देखि विद्युतीय सवारी साधन उपलब्ध गराएर सहयोग पु¥याई रहेका छौं ।”

शून्य प्रदुषणयुक्त निसान लिफइभी निशानको मौलिक र गुणस्त्तर युक्त सवारी साधन हो । यसमा रहेको शक्तिशाली क्षमताले सवारी साधनको दुनियामा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ । यो ७.९ सेकेण्डमा १०० कि.मि प्रतिघण्टाका दरले गुड्न सक्छ भने टप स्पीड १४० कि.मि प्रतिघण्टा छ । यसकोे संचालनखर्च साहै कम छ ।

निशानको साउथ एशिया विजिनेस युनिटका निर्यात प्रमुख रधुनाथ नायर भन्छन् “समुदायमा गतिशीलता प्रदान गर्न निसान लिफइभी अति उपयोगी छ र हामीले दक्षिण एशियाको बजारमा विशेष रुपमा यसको बजार प्रवद्र्धन गरिरहेका छौं । विश्वका सरकारहरु वातावरण प्रति सचेत रहेका छन् र कार्वन उत्सर्जन विरुद्ध कसरी दिगो प्रयत्न गर्न सकिन्छ भन्नेमा सक्रिय छन् । जसले गर्दा सबै मुलुक हरियालीयुक्तहोस् भन्ने धारणा हो ।”
पायोनियर मोटो कर्प प्रा. लि. का प्रबन्धनिर्देशक सन्दिपकुमार शारदा भन्छन् “प्रारम्भिक मुल्य  ५९.९९ लाख कायम गरेका छौ तथा हामीले हाल बजारबाट अत्याधिक अति राम्रो प्रतिकृया पाएको हुनाले निशान लिफको ग्राहकवर्गमा प्रत्यक्ष अनुभव गराउनको लागि भाद्र २८ गते देखि हाम्रो काठमाडौं स्थित शो–रुमहरुमा साताव्यापी टेष्ट ड्राईभको व्यवस्था गरेका छौं ।”

निशान लिफ सवारी विद्युतीय स्टेसनमा चार्ज गर्न सजिलो छ र ग्राहकहरुले विभिन्न ठाउँमा चार्ज गर्ने सुविधा लिन सक्छन् । आफ्नै घरमा रहेको डेडिकेटेट वालमा चार्ज गर्दा १५ देखि १८ घण्टामा पूरा चार्ज हुन्छ भने छिटो चार्ज गर्न आवश्यक पर्दा चार्जिङ्ग स्टेसनमा ४० देखि ६० मिनेटमा फुलचार्ज गर्न सकिन्छ ।

निशान मोटर इण्डिया जापानको निशान मोटर कंपनीको शतप्रतिशत सहायक कंपनीहो । यो कंपनीको स्थापना २००५ मा भएको हो । यसको ह्याचव्याक, एमयूभी, एसयूभी र सेडान जस्ता सवारी साधन भारतमा बनाएको छ । यसले रिनोल्टसंग विश्वव्यापी रुपमा साझेदारी गरेको छ । भारतको चेन्नाई नजिक यसको रिसर्ज एण्ड डेभलपमेण्ट सेण्टर रहेको छ । निशान र ड्याट्शन यसका दुई ब्राण्ड हुन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation