कलाकार बरालिएर रंगशाला बनाउन लाग्दा दुबैको विचल्लीसंघिय र प्रदेश सरकार रंगशालाको वाँकी काम पुरा गर्न कस्सीए

 अर्थ बुलेटिन   २ असार, २०७९



चितवन । सबैको आ आफ्नै क्षेत्र र विज्ञता हुन्छ । कलाकारितामा नाम कमाएका धुर्मुस सुन्तली यो क्षेत्रवाट बरालिदै रंगशाला बनाउन लाग्दा उनिहरुको आफ्नो जिन्दगी र रंगशालाको  भविश्य दुबै जोखिममा तथा लथालिङ्ग हुन पुग्यो ।

लथालिङ्ग रंगशालालाई संघिय सरकार र वाग्मती प्रदेशले समेत जोगाउने प्रयत्न गरेको छ। फलस्वरुप, चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा पूरा गरिने भएको छ ।

आर्थिक अभावका कारण निर्माण रोकिएको सो क्रिकेट रंगशालामा संघ सरकारले आगामी आवका लागि २२ करोड ५० लाख विनियोजन गरिसकेको छ ।

बागमती सरकारले पनि आगामी आवका लागि सोही रंगशालामा ५ करोड विनियोजन गरेको छ । बागमतीका आर्थिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेलले प्रस्तुत गरेको बजेटमा

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न भरतपुर महानगरपालिकासँग सहकार्य गर्न ५ करोड छुटाएको छु’ भनिएको छ । 

यो रंगशाला निर्माणमा भरतपुर महानगरपालिकाले पछिल्ला हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ ।

३ अर्ब लागत रहेको यो रंगशालामा १४ प्रतिशत काम सम्पन्न भएपछि फाउण्डेसनले हात उठाएको थियो । 

राज्यको यो कदमले धुर्मुस-सुन्तली फाउण्डेसनको लथालिङ्ग बनाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले अव पूर्णता पाउछ कि भन्नेमा खेलप्रेमीहरुलाई आशा पलाएको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation