गाईजात्रा : किन मृत्यु भएका घरबाट गाई निकालिन्छ

 अर्थ बुलेटिन   २८ सावन, २०७९



 'हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो जात्रा मनाइएको हो,' 

जुम्ला । जुम्लामा विशेषतः नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको पाइन्छ । नेवार समुदायले मनाउने यो पर्व भए पनि पछिल्लो समयमा जुम्लाका सबै समुदायका नागरिकले मनाउँदै आएका छन् ।

संस्कृतिविद् रामा नन्द आचार्यका अनुसार हिन्दु धर्ममा गाई पवित्र जनावर हो । 'हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो जात्रा मनाइएको हो,' उनले भने । नेवारी भाषामा यो पर्वलाई 'सापारू' भनिन्छ।

'सा' को अर्थ गाई र 'पारू' को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ । गाईजात्रा मनाउने क्रममा ज्यान गुमाएका आफन्तहरूको सम्झनामा विम्ब खडा गर्ने परम्परा छ । 

त्यस्तै यस पटकको  गाईजात्राको अवसरमा स्वर्गीय लाल बहादुर  थापा र स्वर्गीय मिम बहादुर सुनारको घरबाट गाई निकालिएको जात्रा समितिका कोषाध्यक्ष महेन्द्र कार्कीले बताए  । उनका अनुसार दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको घरबाट निकाल्दा मृतकको आत्माको चिरशान्तिको कामना गर्ने प्रचलन रहिआएको छ  । उनले भने, गाईलाई उच्च महत्त्व दिने गरिएकोले धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्त्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्त्व पनि छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation