दशैंका अवसरमा पद्मकन्या क्याम्पसमा प्रजातन्त्रवादीको चियापान कार्यक्रम‘इ हाजिर’ को व्यवस्था तत्काल फिर्ता लिन माग

 अर्थ बुलेटिन   ६ असोज, २०७९



काठमाडौं । चाडवाड नजीकिदै गर्दा त्रिवि प्रजातन्त्रवादी प्राध्यापक संघ पद्मकन्या वहुमुखी क्याम्पस इकाईको आयोजनामा दशैं चियापान कार्यक्रम सम्पन्न भएको छ । 

विजय दशमी, दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४३ को अवसरमा इकाइले बुधवार क्याम्पस प्राङगणमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । 

शुभकामना आदान प्रदानकार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं त्रिवि प्रजातान्त्रवादी प्राध्यापक संघ केन्द्रिय अध्यक्ष सहप्राध्यापक जगत तिमिल्सीनाले त्रिवि अभिभावक विहिन भएको, वेतिथि मौलाएको, पाठ्याक्रमका वारेमा कुनै प्रकारका बैठक, छलफल तथा तालिमहरु नभएको साथै प्राज्ञीक उन्नयनका कार्यहरु ठप्प हुदै गएको भन्दै उहाँले त्रिविको समग्र विकासमा नलागि त्रिविलाई विवादको थलो बनाउने र ‘इ हाजिर’ को परिपत्र गरेर त्रिवि पदाधिकारीहरु अझै देशकोनै जेठो शैक्षिक संस्थालाई धरासायि बनाउन खोजेको बताउनुभयो । उहाँले अविलम्व ‘इ हाजिर’ को व्यवस्था फिर्ता लिई त्रिविको समग्र समस्या समाधान गर्न पदाधिकारीहरुलाई आग्रह गर्दै नजिकिदै गरेका नेपालीहरुका विविध चाडवाडको शुभकामना व्यक्त गर्नुभयो । 

शुभकामना कार्यक्रममा वोल्दै क्याम्पसका निमित्त क्याम्पस प्रमुख राजु मल्लले आशिंक शिक्षक र ज्यालादारी कर्मचारी व्यवस्थापनको पहिलो चरण आरम्भ भईसकेको र अब बिस्तारै अन्य शिक्षक कर्मचारीहरुलाई पनि व्यवस्थापन गर्दै लगिने बताउनु भयो । उहाँले आफु निमित्त भएको भएपनि समग्र क्याम्पसको हितको लागि आफु कर्तव्यनिष्ठ भएर सदा लागि रहने बताउनुभयो । क्याम्पस स्वायत्तता भएको भएपनि सो सरह कार्य गर्न नपाएकोमा गुनासो गर्दै क्याम्पस प्रमुख मल्लले कर्मचारी अभावले क्याम्पसले केहि विद्यार्थीहरुलाई इन्टर्नमा राखेर कार्य गर्दै आएको बताउदै नेपालीहरुको महान् चाड विजय दशमी, दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४३ को अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो । 

शुभकामना आदान प्रदान कार्यक्रमका सभाध्यक्ष एवं त्रिवि प्रजातान्त्रीक संघ पद्मकन्या वहुमुखी क्याम्पस इकाई सभापति खुम प्रसाद शर्माले प्राध्यापकहरुको दक्षता र क्षमता विकासमा त्रिविले महत्वपूर्ण टेवा पुरयाउनुपर्ने बताउनुभयो । उहाँले ‘इ हाजिर’ बेमौसमी वाजा भएको भन्दै प्राध्यापकहरुलाई मेसिनले बाध्न नमिल्ने बताउनुभयो ‘इ हाजिर’ को व्यवस्ता तुरुन्तै फिर्ता दिन आग्रह गर्नुभयो । त्रिवि पदाधिकारीहरुले अनावश्यक विषयमा समय खर्चनको साटो क्याम्पस र शिक्षकहरुको भौतिक तथा क्षमता विकासको योजना बनाउन आफ्नो क्षमता खर्च गरे यसले त्रिविको गुणस्तर अझै बढ्ने बताउनुभयो ।

कार्यक्रममा त्रिवि प्राध्यापक संघ पद्मकन्या वहुमुखी क्याम्पस इकाई सभापति सह प्राध्यापक डा. रामचन्द्र पोखरेलले हामी नेपालीहरुको नजिकिएका सबै चाडवाडले महिला शशक्तिकरणलाई अझै सवल, सक्षम, उर्जावान्, सकारात्मक सोच धारणा र भावनको विकास गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो । 

क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक धन प्रसाद पंडितले शुभकाना व्यक्त गर्दै अफ्नो कर्मप्रति निष्ठावान भएर लाग्न सक्ने प्रेरणा सबैमा मिलोस् भन्नुभयो । 

 

यस्तै, त्रिवि प्रजातान्त्रवादी प्राध्यापक संघ पद्मकन्या वहुमुखी क्याम्पस इकाई पूर्ब सभापति सुरेश आचार्यले विश्वविद्यालय नियम र विधिले नचलेकोेले त्यस्को समग्र शैक्षिक जगतमा असर पारेको बताउदै सबैलाई नजिकिदै गरेका सम्पूर्ण चाडवाडको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । 

प्रगतीशिल प्राध्यापक संगठन पद्मकन्या वहुमुखी क्याम्पस इकाई सभापति सहप्राध्यापक डा. फडिन्द्र निरौलाले एकले अर्कालाई दोसारोपण गर्नुभन्दा पनि सबै मिलेर सद्भाव, सहकार्य गरेर अगाडि बढ्नुपर्ने र आफैले आत्मासमिक्षा गर्नुपर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सदस्य उमेश रेग्मीले यो चाडपर्वले सबैमा सकारात्मक उर्जा, उमंग, कार्यप्रति लगावको विकास गर्दै हरेक नेपालीलाई उर्जावान् बन्ने क्षमताको विकास गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । 

संस्कृतिविद् प्रा.डा. कल्पना श्रेष्ठले चाडपर्वको ऐतिहासिक, सामाजिक तथा धार्मिक महत्व रहेका भन्दै यसलाई पुस्तौ पुस्तासम्म अझै सभ्य रुपमा हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । 

उपप्राध्यापक दिलिप मादेनले क्याम्पसको समग्र हितमा काम गर्दै जान सबैलाई क्षमताको विकास होस् भन्दै सबै संघ÷संगठनहरु सहकार्य गरी अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । 

त्रिवि प्राध्यापक संघ पद्मकन्या वहुमुखी क्याम्पस इकाईका कोषाध्यक्ष सह प्राध्यापक डा. सविना सिंहले स्वायत्ततामा गएको यस त्रिविले हस्तक्षप गर्नुहुदैन स्वतन्त्र रुपमा कार्य गर्न दिनुपर्दछ भन्नुभयो । 

विजय दशमी, दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४३ को अवसरमा आयोजित कार्यक्रमको सभापतित्व त्रिवि प्राध्यापक संघ पद्मकन्या वहुमुखी क्याम्पस इकाईका सभापति खुम प्रसाद शर्माले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत उपप्राध्यापक शारदा पाण्डेले गर्नुका साथै उपप्राध्यापक डा. रमेश थापाले कार्यक्रम संचालन गर्नुभएको थियो । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation